YouTube Link

प्रहरी मुख्यलय हेडक्वार्टर नक्सालबाटै प्रश्नपत्र बाहिरिएपछि खैलाबैला

डिआइजीको नेतृत्वले छानबिन गर्दै

Facebook Link

काठमाडौं: युएन मिसनको परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र आउट भएपछि त्यसले प्रहरी मुख्यलय हेडक्वार्टरमा हंगामा भएको छ  ।

 

प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी भएको घटना सार्वजनिक भएपछि त्यसले अहिले प्रहरी प्रधान कार्यालय परिसरमा हंगामा भएको हो  ।

 

प्रहरी प्रधान कार्यालयको युन शाखाले लिएको युएन शान्ति मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि प्रहरीको सुरक्षा संयन्त्रमाथि नै प्रश्न समेत उठेको छ ।

 

गत शुक्रबार र शनिवार दुई चरणमा परीक्षा लिन लागिएको थियो । प्रहरी जवानदेखि एसएसपीसम्मको परीक्षा लिइएको थियो । शनिवार बिहान लिन लागिएको परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको हो ।

 

प्रश्नपत्र चोरी भएर लिक भएको थाहा पाए लगत्तै अपराध अनुसन्धान विभागले परीक्षा रद्द गरेर नयाँ प्रश्नपत्र बनाई परीक्षा लिएको थियो ।

 

युएन मिसनका लागि २३ सय जना परीक्षार्थी सहभागी थिए ।

 

परीक्षा अगावै प्रश्नपत्र लिक भएको थाहा पाएलगत्तै नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए  ।

 

प्रहरीको अनुसन्धानबाट युएन शाखामा कार्यरत कार्यालय सहयोगीले प्रश्नपत्र निकालेको खुलेको छ ।

 

उक्त घटना लगत्तै प्रधान कार्यालयले छानविन समिति गठन गरेको छ । प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको नेतृत्वमा छानविन समिति बनाएको हो ।

 

मंगलबार गठित छानविन समितिमा एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर सदस्य छन् ।

 

प्रश्नपत्र चोरीका विषयमा छानविन अगाडी बढाईसकेको डीआइजी लामाले जानकारी दिए ।

 

कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप शुक्रबारदेखि दिईदै

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...