अध्यक्ष ओलीलाई भेट्नुअघि नै प्रचण्डले नेपाललाई भेट्नुको यस्तो रहेछ रहस्य
वि.सं.२०७८ साउन १९ मंगलवार ११:१७
2.6K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज कोटेश्वरमा भेटवार्ता भएको छ ।
नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यपारीको नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् ।
एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला नेपालसँग प्रचण्डले भेट्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने तरखरमा रहेका नेपाललाई प्रचण्डले भेट्नु संयोग मात्र नभई केही खिचडी पाक्न लागेको हो कि भन्ने आशंका पैदा गराएको छ ।
अहिले मन्त्रीपरिषदले समेत पूर्णता पाउन सकिरहेको छैन । यस्तो अवस्थामा आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ ।
‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले भन्यो ।
माधव नेपालमाथि एमालेमै मिल्न दोस्रो पुस्ताका नेताहरुले दबाब दिइरहेका छन् । अर्कोतिर २२ जना सांसदसहितका नेता कार्यकर्ताले सरकारमा जान दबाब दिएकाले नेपाल अनिर्णयमा छन् ।
मन्त्री बन्न हतार देखिएका २२ भाई सांसदकै कारण नेपाल अनिर्णयको बन्दी हुन पपुगेका छन् ।
आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने बताईएको छ ।
वि.सं.२०७८ साउन १९ मंगलवार ११:१७



















