महालक्ष्मी विकास बैंकले सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सम्झौता
वि.सं.२०७८ साउन १८ सोमवार १६:१४
1.5K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सम्झौता गरेको छ । बैंकले भैरहवा शाखाको अगुवाइमा मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवामा अधिकतम १०% छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिडको जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ।
यो पनी पढ्नुहोस् :
शंकर समुहले रियलमीलाई अधिकृत नेपाल बिक्रेताका रुपमा भित्र्यायो
वि.सं.२०७८ साउन १८ सोमवार १६:१४



















