माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने
वि.सं.२०७८ असार २३ बुधवार १६:१७
2K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गरिनेछ। ऋणपत्र यही असार ३१ गतेबाट बिक्री खुला गरिने भएको हो ।
सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंक लिमिटेडको यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गते बैंकिङ समयपछि हुने भनिएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत नै ब्याज पाउनेछन्।
यो पनी पढ्नुहोस् :
सहारा विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव
वि.सं.२०७८ असार २३ बुधवार १६:१७



















