स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कडा कानुन
वि.सं.२०७८ जेठ २४ सोमवार ११:३८
2.9K
shares
काठमाडौं: नेपाल सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कडा कानुन ल्याएको छ । पछिल्लो समय कार्यक्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घट्न बढ्न थालेपछि नियन्त्रणका लागि कडा कानुन ल्याएको हो ।
सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मार्फत कडा कानुनको व्यवस्था गरेको हो । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।
अध्यादेशमा कार्यक्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कसैले आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद सजाय वा २ लाखदेखि ५ रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्न थालेपछि कडा कारबाहीको व्यवस्थासहितको कानुन ल्याउन माग उठ्दै आएको थियो। सोही मागलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यस्तो व्यवस्थासहितको कानुन ल्याएको हो ।
यो पनि पढ्नुहोस् :
जेठ ३ पूर्वकै अवस्थामा पार्टी चलाउने ओलीको ६ बुँदे प्रस्ताव, देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता गर्न माग
वि.सं.२०७८ जेठ २४ सोमवार ११:३८




















