पीएसजीलाई पछि पार्दै लिले १० वर्ष पछि फ्रेन्च लिग वान च्याम्पियन
वि.सं.२०७८ जेठ १० सोमवार ०८:४९
1.7K
shares
एजेन्सीः फ्रेन्च लिग वानको उपाधि पीएसजीलाई पछि पार्दै लिलेले जितेको छ ।
लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो ।
उसले साविक विजेता पीएसजीलाई १ अंकले पछि पार्यो ।
लिलेको जितमा जोनाथन डेभिड र बुराक यलमाजले गोल गरे ।
एङ्गर्सका एन्जेलो फुल्गिनीले इन्जुरी टाइममा गोल फर्काए पनि लिलेको जित रोक्न सकेन ।
अर्को खेलमा पीएसजीले ब्रेस्टलाई २-० ले पराजित गर्यो तर उपाधि जोगाउन सकेन ।
लिले १० वर्षपछि च्याम्पियन बनेको हो ।
लिलेले सन् २०१०र११ मा लिग जितेको थियो ।
उता २०१६र१७ पछि पीएसजी लिग जित्न असफल रह्यो ।
यस्तै लियोन नाइसंग ३२ ले पराजित भएपछि मोनाको लेन्ससंग बराबरी खेल्दै तेस्रो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ १० सोमवार ०८:४९




















