YouTube Link

लिभरपुल सेमिफाईनलमा प्रवेश शीर्ष चारभित्र पर्न लिगको अन्तिम खेल फाईनल हुनेछ

Facebook Link

एजेन्सीः प्रिमियर लिगमा लिभरपुल शिर्ष चारमा रहेर च्याम्पियन्ससिप खेल्ने आशा जीवितै राखेको छ ।

गएराति भएको खेलमा घरेलु मेदानमा बर्नलीलाई ३-० गोलले हराएको लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले शीर्ष चारभित्र पर्न ‘सेमिफाइनल’को संज्ञा दिएका छन् ।

लिगको अन्तिम चरणको क्रिष्टल प्यालेसविरुद्ध हुने खेल शीष चारको यात्रामा ‘फाइनल’ हुनेछ ।

अघिल्लो खेलमा वेष्टब्रुममाथिको शानदार जितले लिभरपुललाई च्याम्पियन्स लिगको आशा जगाइदिएको हो ।

खेलको अन्तिम सेकेण्डमा गोलरक्षक एलिसन बेकरले गोल गरेपछि लिभरपुलले तीन अंक हासिल गरेको थियो ।

बर्नलीविरुद्ध भने लिभरपुललाई कठिन भएन ।

रोवर्टो फिर्मिनोले शानदार गोलमार्फत पहिलो हाफमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा नाथानियल फिलिम्स र एलेक्स अक्सलेड च्याम्बरलिनले १–१ गोल थपे ।

दुवैले क्लबका लागि पहिलो गोल गरेका हुन् ।

अघिल्लो खेलको तुलनामा लिभरपुलको रक्षापंक्ति पनि सुधारिएको थियो ।

लेस्टर सिटीसँग समान ३७ खेलबाट ६६ अंक रहे पनि गोलअन्तरका आधारमा लिभरपुल अगाडि रहँदै चौथो स्थानमा उक्लिएको छ ।

उसले तीन दिनपछि एनफिल्डमा रोय हट्सन प्रशिक्षित क्रिष्टल प्यालेसको आतिथ्य गर्दैछ । यस खेलमा १० हजार दर्शक उपस्थित हुनेछन् ।

अर्कोतर्फ लेस्टरले आफ्नै मैदानमा टोटनह्यामसँग खेल्नेछ भने दुई अंकले अगाडि रहेको तेस्रो स्थानको चेल्सीले एष्टोन भिल्लासँग खेल्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%aa-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...