सरकारले सहज रुपमा अक्सिजन उपलब्ध गराउन कार्यदल गठन
वि.सं.२०७८ वैशाख २६ आइतवार १९:३७
1.5K
shares
काठमाडौं: नेपाल सरकारले सहज रुपमा अक्सिजन उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ का संक्रमितका उपचारकालागि सरकारले सहज रुपमा अक्सिजन उपलब्ध गराउन उक्त कार्यदल गठन गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।
उक्त कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एक/एक चिकित्सक रहेका छन्। कार्यदलले अस्पतालमा संक्रमितका लागि अक्सिजन उपलब्ध गराउने श्रोतले जनाएको छ ।
नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक १ हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ। सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिन्डर ल्याउन थालेको छ।
सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले ३ हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोल फ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यो पनी पढ्नुहोस् :
एनएमबि बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र विक्री गर्ने
वि.सं.२०७८ वैशाख २६ आइतवार १९:३७




















