YouTube Link

एथ्लेटिको म्याड्रिड पराजित बार्सिलाना विजयी उपाधि होड रोमञ्चक

Facebook Link

एजेन्सीः शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएपछि स्पेनिस ला लिगको उपाधि दौड रोमाञ्चक बनेको छ ।

आइतबार राति भएको खेलमा एथ्लेटिको १–२ गोलले स्तब्ध बन्यो ।

घरेलु टोली बिल्बाओले खेलको शुरुवातमा नै एलेक्स बेरेंगुयरको गोलको मद्दतले अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा स्टेफन साभिचले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए ।

यद्यपि, खेलको अन्त्यतिर इनिगो मार्टिनेजले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।

पराजयपछि एथ्लेटिको म्याड्रिड दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाभन्दा २ अंकले अघि रहेको छ ।

चौथो स्थानमा रहेको सेभिया थप एक अंकले पछि रहेको छ ।

बार्सिलोनाले भने एक खेल कम खेलेको छ ।

बिहीबार ग्रानाडालाई हराए बार्सा लिगको शीर्ष स्थानमा उक्लिनेछ ।

आइतबार नै भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भिल्लेरियललाई २–१ गोलले पराजित गरेको थियो ।

खेलमा सामुएल चुकविजेले भिल्लेरियाललाई अग्रता दिलाए पनि एन्टोनी ग्रिजमानले ७ मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई

महत्त्वपूर्ण तीन अंक दिलाए ।

दोस्रो हाफमा भिल्लेरियाल १० खेलाडीमा सिमित बनेको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...