Texas College
YouTube Link

मोटोरोलाले दुईवटा उत्पादनहरूका साथ नेपालमा पुनरागमन

Facebook Link

काठमाडौं:  मोटोरोलाले आफ्ना ‘जी’ र ‘ई’ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ नेपालमा पुनरागमनको घोषणा गरेको छ। राष्ट्रिय वितरक कलमोबिलिटी प्रालिका साथमा पुनरागमन भएको हो ।

 

सन् २००७ मा कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सी सिरिजजस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। मोटोरोला कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राख्दछ।

 

विश्वव्यापी रुपमा नै मोटोरोलाका ई सेभेन पावर अतिलोकप्रिय उत्पादन हो। जसमा सन् २०१९ सम्ममा जी वर्गको बिक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ। ई वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ, जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् ।

 

मोटोरोलाका उत्पादनहरू ‘सबैका लागि अधिकतम लाभ’को वाचासहित आउँछ। जसले उपभोक्ताको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ। मोटो ई सेभेन पावर आफ्नो वर्गमा उत्कृष्ट विशेषताहरूसहित असाधारण मूल्यमा उपलब्ध छ।

 

मोटो ई सेभेन पावर कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा एउटा शक्तिशाली फड्को हो। सबैका माझ सामर्थ्य प्रवाह गर्ने गरी डिजाइन गरिएको नयाँ मोटो ई सेभेन पावर उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाइमा पुर्याउँदछ।

 

पूर्ण रुपमा नयाँ मोटो ई सेभेन पावरको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ । एउटा अत्यन्त चाँडो काम गर्ने र २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा, ५००० एमएएचको ब्याट्री, ६.५” एचडी  अल्ट्रा-वाइड डिस्प्ले,  १३ एम पी  ड्यूल क्यामेरा, मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड् अनुभवका साथ केवल १२ हजार ९९९ रुपैयाँ।

 

हामी मोटोरोलालाई नेपालमा पुनः ल्याउन पाउँदा अत्यन्त रोमान्चित र हर्षित छौँ। हामी मोटोरोलाका मुख्य मूल्यमान्यताहरूमा साँच्चै नै विश्वास गर्दछौँ। मोटोरोलाको नवीनताका लागि लगावसँग हाम्रो वितरण र बिक्रीपछिको सञ्जालको साथले गर्दा हामी सन् २०२१ सम्ममा मोटोरोलालाई नेपालको एउटा अग्रणी स्मार्टफोन ब्रान्ड बनाउन सक्ने कलमोबिलिटी वरिष्ठ व्यवस्थापनले बताउनु भयो ।

 

यो पनि पढ्नुहोस् :

मेगा बैंक नेपाल र सांग्रिला एग्रो प्राइभेट लिमिटेडबिच सम्झौता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...