YouTube Link

आज पनि ठूलो हावाहुरीसहित चट्याङ्ग पर्ने सम्भावना, सुरक्षित रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

Facebook Link

काठमाडौं: बिहीबार राति देशभरका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ ।

 

वागमती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।

 

आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । विभागका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना रहेको जनाएको छ ।

 

तर, पानी भने हल्का मात्रै पर्ने विभागले जनाएको छ । प्रि-मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।

 

गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना रहेको विभागको भनाई छ  ।

 

तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ ।

 

चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन जल तथा मौसम विभागले आग्रह गरेका छन् ।

 

काठमाडौंसहित देशका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र घोषित, भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपिल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...