YouTube Link

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

World Cup 2026
Facebook Link

काठमाण्डौ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको घोषणा गरेको हो ।

काठमाण्डौमा सम्पन्न त्रिदेशीय फुटबल कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै एन्फाले अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।

नेपालले त्रिदेशीय कपमा उचालेको उपाधिले नेपाली समर्थकलाई धेरै खुसी दिए जस्तै आउँदा दिनमा नेपाली समर्थकलाई खुसी दिलाउन मेहनत गर्ने नवनियुक्त प्रशिक्षक अलमुताइरीले बताए ।

आइतबार नियुक्ति पाएका ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्षका लागि नेपाली टोलीलाई हेर्नेछन् ।

यस अवधिमा उनले कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनशिपमा नेपाली टोलीको नेतृत्व लिनेछन् ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ ९एएफसी० ले राष्ट्रिय टोलीका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरीको नेपाली फुटबलमा प्रवेश भएको हो ।

नेपाल आएका अलमुताइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मेहनत गर्ने बताए ।

कतार फुटबल सङ्घसँगको सहकार्यमा अलमुताइरी नेपाल आएका हुन् ।

उनको पारिश्रमिक कतारी फुटबल सङ्घले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले बेहोर्नेछ ।

त्रिदेशीय कपको उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8b%e0%a4%ab%e0%a4%b8%e0%a4%b2%e0%a4%95%e0%a5%88-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%86%e0%a4%b9%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%97/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...