आर्थिक वर्षबाट ७७ वटै जिल्लामा स्वास्थ्य बिमा बोर्ड लागू गरिने
वि.सं.२०७७ चैत १६ सोमवार १८:०३
1.9K
shares
काठमाडौं: नेपाल सरकारले यही आर्थिक वर्षबाट ७७ वटै जिल्लामा स्वास्थ्य बिमा बोर्ड लागू गर्ने भएको छ ।
विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न थालेको हो ।
यही चैत २५ गते ६ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए ।
यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू थालिएको हो ।
बिमा कार्यक्रम मार्फत पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।
पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रति सदस्यका दरले ७ सय बुझाउनु पर्दछ ।
पाँच जनाभन्दा बढी सदस्यले प्रति सदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।
बोर्डले बिमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३ सय ७५ अस्पताललाई सूचीकृत गरेको छ ।
माधव नेपाल र भीम रावललाई नेकपाले गर्यो पार्टी सदस्यबाट ६ महिना निलम्बन सहित कारबाही
रेशम चौधरीको रिहाइ लगायतको माग सम्बोधनका लागि गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
वि.सं.२०७७ चैत १६ सोमवार १८:०३



















