YouTube Link

जितविहीन रहँदै नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

Facebook Link

काठमाडौं: पहिलो चरणका दुई खेलमा गोलविहीन रहँदै नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

पहिलो खेलमा किर्गिस्तान यु-२३ सँग गोलरहितमा रोकिएको नेपाल आज बंगलादेशविरुद्ध पनि बराबरी खेल्दै फाईनलमा प्रवेश गरेको हो ।

 

दशरथ रंगशालामा भएको आजको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भएपनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

 

आक्रामक शैलीमा प्रस्तुत भएको नेपालका लागि २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

 

नेपाली रक्षापंक्तिलाई व्यस्त राखेको बंगलादेशका फरवार्ड राकिब होसेनमाथि ३९औं मिनेटमा खराब फाउल गरेका संजोग राईले पहेँलो कार्ड पाएका थिए ।

 

सोही फाउलमा पाएको फ्रि किकमार्फत बंगलादेशका कप्तान जमल भुयाको प्रहार पोस्टको नजिकबाट बाहिर गएको थियो ।

 

विपक्षी खेलाडीमाथि फाउल गरेका नेपाली डिफेन्डर रन्जित धिमालले पनि ४४औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

 

निकै नै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ५४औं मिनेटमा बंगलादेशी कप्तानले ४० यार्ड टाडाबाट प्रहार गरेको फ्रि-किक नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

 

त्यसको पाँच मिनेट नबित्दै नेपालका लागि सब्टिच्युट खेलाडी सुनिल बलले पेनाल्टी एरियाभित्र दिएको पासलाई अञ्जनले सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

 

अञ्जनले गरेको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद सहिदुल आलमले सहजै रोकेका थिए ।

 

पहिलो खेलमा किर्गिस्तान यु २३ लाई १-० ले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनलमा पुगिसकेको छ ।

 

दुई खेलमा दुई अंक जोडेको नेपाल पहिलो चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

 

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश नै आमनेसामने हुनेछन् ।

 

नेपाल, बंगलादेश र किर्गिस्तान यु-२३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो ।

 

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

 

त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर प्राप्त गर्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...