Texas College
YouTube Link

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Facebook Link

काठमाडौं: कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरमा ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

 

आज दिउसो १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

 

बिक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८ सय ३५ योग्य आवेदकको हात खाली भएको हो ।

 

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।

 

कुल कित्तामध्य ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि बाँडफाँट पश्चात आम सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरिएको हो ।

 

यस कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाई छ ।

 

कुल आवेदकमध्य ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको समेत क्यापिटलले जानकारी दिएको हो ।

 

कुल आवेदकमध्य १२ लाख ४८ हजार ४८० जनाले शेयर नपाएका हुन ।

 

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

 

हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

 

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रुपैयाँ रहेको छ ।

 

यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार रुपैयाँ छ ।

 

दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ यस कम्पनीको पहिलो कारोबारका लागि १३२ दशमलव ९४ रुपैयाँदेखि ३९८ दशमलव ८२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

 

ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’, अनलाइनमार्फत व्यवसाय प्रवर्द्धन गर्न सकिने
माछापुच्छ्रे बैंकले २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...