थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल र किर्गिस्तानले बराबरी खेल्दै अंक बाँढे
वि.सं.२०७७ चैत १२ बिहीवार १९:४१
1.7K
shares
काठमाडौं: थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलको चौंथो मिनेटमा तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको दशौँ मिनेटमा त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेड बल समेत पोस्ट नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउन चुकेको थियो ।
खेलको १४औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लाग्दै फर्किदा नेपाल पुन अग्रता बनाउन चुकेको थियो ।
खेलको ३३औं मिनेटमा रबी पासवानको पासमा अन्जनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
खेलको दोस्रो हाफको सुरुवातमा किर्गिस्तानले नेपालविरुद्ध केहि आक्रमण गर्यो ।
५२औं मिनेटमा बोरुबेभ गुल्जितको फ्रिकिक पोस्टको केहि माथिबाट गएको थियो ।
खेलको ६३ औं मिनेटमा रञ्जितको फ्रिकिकमा अन्जनको हेड बल पोस्ट नजिकबाट बाहिरिएको थियो ।
खेलको ६७ औं मिनेटमा कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।
खेलको ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किक किर्गिस्तानका गोलकिपरले सहजै बचाए ।
यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।
यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ ।
नेपालले १ खेलमा १ अंक जोडेको छ ।
किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।
बंगलादेशको १ खेलमा ३ अंक रहेको छ ।
उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।
सुर्तीजन्य पदार्थ लगायतका सामानहरूको राजश्व छलि गरी कारोबार गर्ने दुई जना दुई पक्राउ
दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह
वि.सं.२०७७ चैत १२ बिहीवार १९:४१




















