सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु
वि.सं.२०७७ चैत १२ बिहीवार १६:३४
2K
shares
काठमाडौं: सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्यूआर कोड भुक्तानी कारोबारको शुभारम्भ गर्नु भएको हो ।
उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ् एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरुको सहजताको लागि बैंकले मन्दिर परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले दक्षिणकाली मन्दिर परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ ।
बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोड मार्फत भुक्तानी कारोबारको सुरुवात भएको हो ।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान सहयोग रकम हस्तान्तरण
वि.सं.२०७७ चैत १२ बिहीवार १६:३४




















