Rajshow Bivag

नेकपाका नेपाल–खनाल समुहले तय गर्‍यो ‘आगामी काम’ उपशीर्षकमा १३ बुँदे कार्ययोजना

Departmant of helth services

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै ओलीइतर खेमाले आफ्नो आगामी कार्ययोजना तय गरेको छ ।

पार्टीमा ओली प्रवृत्ति विरुद्ध लड्ने भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले आजबाट दुई–दिने राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ ।

भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘आगामी काम’ उपशीर्षकमा १३–बुँदे योजना उल्लेख गरिएको छ ।

बुँदागत योजनाहरु यस प्रकार छन्ः

(१) नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने
(२) २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना (सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनर्स्थापना) गर्ने
(३) विधि विधानको पुनर्स्थापना र विकास गर्ने
(४) नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने
(५) नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने
(६) आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने
(७) केपी ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने
(८) कार्यवाहक नेतृत्वको तयारी गर्ने
(९) गुटका निर्णयहरु खारेज गर्ने
(१०) पार्टीलाई पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजाने
(११) नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानुपर्ने
(१२) पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने
(१३) पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने

नेपाल खनाल समूहले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्य रहेको खतरा र कम्युनिष्ट पार्टी तथा समाजवाद विरोधी शक्तिबाट हुनसक्ने खतरालाई अबका चुनौतिको रुपमा व्याख्या गरेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...