YouTube Link

‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउँमा भेला भएका छौँ’- माधव नेपाल

Facebook Link

काठमाडौं: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको सबै वितण्डाको मुख्य दोषी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आजदेखि शुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले त्यसका लागि प्रमाण चाहिए एक भारी प्रस्तुत गर्न सकिने बताए ।

नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

‘अहिले पार्टीभित्र जेजस्तो परिस्थिती निर्माण भएको छ, सबै वितण्डाको मुख्य दोषी, मुख्य जिम्मेबार केपी ओली नै हुन्’, नेता नेपालले भने, ‘त्यसका लागि तथ्य प्रमाण चाहिन्छ भने एक भारी छन् ।’

पहिलेका प्रमाण चाहिए पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मुकुन्द न्यौपानेले बताउन सक्ने उनको भनाइ थियो । ओलीले पूर्वाग्रह राखेर पार्टीमा गुटको सुरुवात गरेको आरोप लगाए ।

‘गुटको सुरुवात उहाँले गरेको हो मदन भण्डारी फाउण्डेशनको नामबाट’, अगुवा कार्यकर्ताप्रति लक्षित गर्दै नेपालले भने, ‘त्यो तपाईहरुले पनि जिल्लामा भोग्नुभएको छ, तपाइँहरु पनि पीडित हुनुहुन्छ, हामी पनि पीडित, त्यसैले पीडित-पीडित एकैठाउँमा आएकाले यो एकता अटुट रहन्छ ।

केपी ओलीमा भएको अहंकार, गुटगत प्रवृत्ति, भजन मण्डलीबाट मुक्त नभएसम्म पार्टी चलायमान हुन नसक्ने उनको दाबी छ ।

एकीकृत नेकपा विभाजन हुनु, नेकपा एमाले नै आन्तरिक रुपमा यस्तो अवस्था आउनुको एक मात्र जिम्मेवार अध्यक्ष ओली रहेको उनले दोहोर्‍याए ।

नेकपा हुँदा चर्चामा रहेको ‘साइबर स्याल’ हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप उनले लगाए ।

अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।

ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए । नेता नेपालले भने, ‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउमा भेला भएका छौँ ।’

नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...