नेकपा एमालेको विवाद मिलाउन दुई पक्षबीच धुम्बाराहीमा वार्ता
वि.सं.२०७७ चैत २ सोमवार ११:५९
2.3K
shares
काठमाडौं: नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा अहिले छलफल भइरहेको छ ।
छलफलमा ओली लगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् ।
त्यस्तै माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्ड, गोकर्ण विष्ट पनि सहभागी छन् ।
नेता झलनाथ खनाल भने सहभागी जनाएका छैनन् ।
पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफल भएको हो ।
सत्ता समीकरणमा सहमति जुटाउन कांग्रेस, माओवादी र जसपाबीच छलफल हुँदै
म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु
नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट कप आजबाट सुरु हुँदै, विजेतालाई १० लाख पुरस्कार
वि.सं.२०७७ चैत २ सोमवार ११:५९




















