पशुपात क्षेत्र र मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढ्यो
वि.सं.२०७७ फागुन २६ बुधवार १७:४८
1.8K
shares
काठमाडौं: पशुपात क्षेत्र र मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ ।
हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्येको एक महाशिवरात्रि यस वर्ष भोलि बिहिबार परेको छ ।
यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन् ।
हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा महाशिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् ।
यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।
महाशिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला समेत लाग्ने गर्दछ ।
पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरि महाशिवरात्रिको तयारी पुरा भएको बताएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।
यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त
नेपालगञ्जमा नेपालकै पहिलो नमूना पेट्रोल पम्प बनाउँदै नेपाल निगम, यस्ता हुनेछन् सुविधा
वि.सं.२०७७ फागुन २६ बुधवार १७:४८



















