YouTube Link

‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि-२०७७’ स्वीकृत

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो ।

यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्ने सम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ ।

रिचार्ज काठमाडौं कार्यक्रम अन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलाप सम्बन्धी व्यवस्था छन् ।

यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजना सम्बन्धी व्यवस्था छन् ।

त्यस्तै, बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौँ कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि-२०७७’ र ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने सम्बन्धी मापदण्ड’ तयार गर्न सहमति दिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

यी कार्यविधि र मापदण्ड विधायन समितिमा छलफल भएपछि कार्यपालिका हुँदै स्वीकृतिका लागि नगरसभामा पेश हुनेछन् ।

चालु आर्थिक वर्षमा व्यावसायिक कार्ययोजना तयारीसम्बन्धी कार्यक्रमका लागि १० लाख र रिचार्ज काठमाडौं कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चाँगुनारायण नगरपालिकासँग नगर साझेदारी कार्यक्रम सञ्चालन गर्ने र डडेल्धुरा जिल्लाको अमरगढी नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले रिक्त कानुनी सल्लाहकारको पदमा सविना शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसअघि सल्लाहकारका रुपमा रहेका रामप्रसाद सिटौला निर्वाचन आयुक्तमा नियुक्त भएपछि सो पद रिक्त रहेको थियो ।

र यो पनि पढ्नुहोस्

एघार लाख घुस लिएको आरोपमा बानेश्वर वृत्तकी हवल्दारसहित दुई जना पक्राउ
प्रदेश २ सरकारले २० हजार ‘बेटी’लाई साइकल बाँड्दै
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै, सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने
आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...