नबिल बैंकले स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ दिने
वि.सं.२०७७ फागुन २३ आइतवार १५:३२
1.8K
shares
काठमाडौं: नबिल बैंकले कोरोना भाईरस र अन्य आपतकालीन स्वास्थ्य प्रकोप जस्ता महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ दिने भएको छ । अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरेको हो ।
नबिल बैंक, एमओएचपी, एशियाली प्रकोप तत्परता केन्द्र (एडीपीसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) र चौधरी फाउण्डेशनद्वारा उक्त पहल गरिएको हो । स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो सार्वजनिक/निजी साझेदारी हो ।
महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ । त्यस्तै, अर्को हप्ता कर्णाली प्रदेशमा कोरोना भाईरस र अन्य स्वास्थ्य आपतकालीन प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।
दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएका थिए ।
उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ ।
अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ । यो सार्वजनिक/निजी साझेदारी पहल हो ।
संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसनीय छ ।
यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालालाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रुपमा उभ्याउने नबिल बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
प्रभु बैंकले तालबाराही मन्दिर गुठीलाई ‘क्यूआर’ कोड हस्तान्तरण
वि.सं.२०७७ फागुन २३ आइतवार १५:३२



















