Texas College
YouTube Link

मेलम्ची खानेपानी पानी आज काठमाडौं आइपुग्ने, प्रधानमन्त्री ओली अवलोकन गर्न जाँदै

Facebook Link

काठमाडौं: झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ ।

२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज जाँदैछन्‌ ।

२०५१ मा मध्यावधि चुनावताका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ भन्दै वाचा गरेका थिए ।

वि.सं. २०५८/५९ देखि आयोजना निर्माण थालिएपनि निरन्तर ढिलाई र भ्रष्टाचार गर्दै काठमाडौं उपत्यकाका नागरिकमाथि खेलवाडपछि बल्लतल्ल, झण्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो ।

सिन्धुपाल्चोकबाट सुरुङमार्फत पठाइएको पानी झार्न तयार पारिएको स्थान सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको छ । यहाँ २६ किलोमिटर लामो सुरुङमा सिन्धुपाल्चोकबाट हुलिएको पानी झर्नेछ ।

सुरुङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ ।

परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...