‘रियल म्याड्रिडसँग सलाह किन्ने पैसा छैन्’
वि.सं.२०७७ फागुन १८ मंगलवार १३:२०
1.7K
shares
एजेन्सी: लिभरपुलका मोहम्मद सलाह स्थान्तरणका लागि युरोपका विभिन्न ठूला क्लबसँग जोडिदै आएका छन् ।
स्पेनको रियल म्याड्रिड इजिप्टका स्टार फरवार्डलाई अनुबन्ध गर्न तयार रहेको त्यहाँका सञ्चार माध्यमले दाबी गरिरहेका छन् ।
आगामी ‘समर विन्डो’ सलाहका लागि रियल जाने मौका बन्न सक्ने उनीहरूको दाबी छ ।
रियलको नजर सलाह माथि रहेको भनेर स्पेनी सञ्चार माध्यमले दाबी गरिरहँदा त्यसै क्लबका पूर्व अध्यक्ष रामोन कालडेरोनले त्यस्तो दाबीमा सत्यता रहेको बताउँछन् ।
रियलका लागि सलाह खरिद सजिलो नभएको उनको भनाई छ ।
सलाहको लिभरपुलसँगको सम्झौता सन् २०२३ को जुन ३० मा सकिँदैछ ।
त्यस अघि नै रियलले सलाहलाई स्पेन लग्न प्रयास गर्ने कालडेरोनको दाबी थियो ।
सलाह विश्वस्तरिय खेलाडी हुन् ।
उनले लिभरपुललाई उपाधि जित्न सहयोग गरेका छन् ।
त्यसकारण लिभरपुलले उनलाई बेच्छ जस्तो लाग्दैन,’ कालडेरोनले इजिप्टको टेलिभिजन च्यानल अन टाइम स्पोर्टससँग कुरा गर्दै भने, ‘रियल सलाहलाई अनुबन्ध गर्न चाहान्छ ।
यदि लिभरपुल सलाहलाई बेच्न तयार भइहाल्यो भने पनि ठूलो सरुवा रकमको आवश्यकता पर्छ ।
रियलसँग त्यसका लागि आर्थिक स्रोत छ जस्तो लाग्दैन ।’
रियलका मुख्य स्ट्राइकर करिम बेन्जेमा करियरको उत्तरार्द्धमा रहेका एडेन हाजार्डले पनि स्वभाविक लय देखाउन नसकिरहँदा रियलमा अर्को विश्व स्तरिय खेलाडीको अभाव महसुस गरिएको छ ।
त्यसो त सलाह र हाजार्डले चेल्सीमा सँगै खेलेका थिए ।
रियलले यदि सलाहलाई भित्र्याउन सफल हुने हो भने यी दुई खेलाडीले जिदानको टिममा महत्वपूर्ण साझेदारी गर्न सक्नेछन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन १८ मंगलवार १३:२०



















