सर्वोच्च अदालतले देशलाई ठूलो चक्रव्युहमा जानबाट जोगायो
वि.सं.२०७७ फागुन १२ बुधवार १८:२१
1.6K
shares
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेर संविधान र लोकतन्त्रको रक्षा गरेको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बैठक बसेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम बदर गरेर प्रतिनिधिसभालाई पुनःस्थापित मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा गरेको र देशलाई ठूलो चक्रव्युहमा जानबाट जोगाएको नेता श्रेष्ठले बताए ।
पार्टीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको उन्नतता र सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक, आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रविन्दुमा राखेर आफ्नो पनि गम्भीर समिक्षासहित अगाडि बढ्ने निष्कर्ष निकालेको नेता श्रेष्ठले बताए ।
यो पनि पढ्नुहोस् :
आवश्यक परामर्शपछि प्रधानमन्त्रीको राजीनामा आउने
वि.सं.२०७७ फागुन १२ बुधवार १८:२१




















