आवश्यक परामर्शपछि प्रधानमन्त्रीको राजीनामा आउने
वि.सं.२०७७ फागुन १२ बुधवार १८:०२
1.4K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सम्पन्न भएको हो ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि ओली समूहको स्थायी कमिटी बैठक बसेको हो । बैठकले सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नेकपा शक्ति पृथकीकरण, लोकतन्त्रका मूल्य मान्यता र विधिको शासन मान्ने पार्टी हो, संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्चले आफ्नो भूमिका स्थापित गरेको छ । सर्वौच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेका ज्ञवालीले बताए ।
उनले अदालतले तोकेकै समयमा संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको उल्लेख गरे । संसदीय खेलले मुलुक बन्दक हुने अवस्था हुने भन्दै तत्काल प्रधानमन्त्री ओलीले राजीनामा नदिने र आवश्यक परामर्शपछि प्रधानमन्त्रीको राजीनामा आउने ज्ञवालीले प्रष्ट पारे ।
यो पनि पढ्नुहोस् :
नेविसंघले गर्यो सर्वोच्चको फैसला पछि दिप प्रज्वलन
वि.सं.२०७७ फागुन १२ बुधवार १८:०२




















