टी-ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत
वि.सं.२०७७ फागुन ३ सोमवार १४:३२
3K
shares
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ ।
यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।
नेपाल एकदिवसीय वरीयतामा १७ औं स्थानमा रहेको छ ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ ।
यस्तै अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन ३ सोमवार १४:३२



















