YouTube Link

युवा स्टार केलियन एमबाप्पेले सहकर्मी नेयमारको प्रशंसा

World Cup 2026
Facebook Link

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार केलियन एमबाप्पेले सहकर्मी स्टार नेयमारको बारेमा खुलेर तारिफ गरेका छन् ।

एमबाप्पले पिएसजीको योजनाको मुख्य खेलाडी नेयमार नै भएको पनि प्रष्ट पारेका छन् ।

पिएसजीमा आबद्ध भएयता मैदान भित्र र बाहिर नेयमार र एमबाप्पेबीच हार्दिकतापूर्ण सम्बन्ध रहँदै आएको छ ।

सन् २०१७ मा नेयमार र एमबाप्पे पिएसजीमा आबद्ध भएका थिए ।

उत्कृष्ट खेलाडी बन्न एक अर्कासँग समन्वय गरेर खेल्नुपर्छ ।

हाम्रो हकमा पनि त्यहि लागु हुन्छ,’ नेयमारको बारेमा एमबाप्पेले भनेका छन्, ‘म जति बेला क्लबमा आबद्ध भए त्यसयता आफ्नो भूमिकामा स्पष्ट छु ।

नेयमार क्लबको योजनाको केन्द्र भागमा छन् र म उनलाई सहयोग गर्न यहाँ छु ।’

नेयमार कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका थिए ।

पिएसजी पुगे देखि नै नेयमारले सहकर्मी बीचमा राम्रो छाप छाडेका छन् ।

‘नेयमारलाई कसरी राम्रो गर्ने भन्ने थाहा छ । उनी विश्वका उत्कृष्ट हुन् ।

पेरिस आएबाट नै उनलाई आफूले सबै गर्न सक्ने महसुस गरेका थिए,’ एमबाप्पले थपे, ‘उनी सामान्य खेलाडी होइनन् । गोलरहित

बराबरीबाट टोलीलाई कसरी जितसम्म अघि बढाउने पनि उनलाई थाहा छ ।’

सबैका बारेमा आफूले भन्न नसके पनि नेयमारले भने सबै विषयलाई बुझ्ने एमबाप्पेको अनुभव छ ।

‘उनी तत्काल कसरी अघि बढ्ने भन्नेमा जान्दछन्’,।

इमान्दार भएर भन्नुपर्दा उनले सुरुवातमा मलाई जसरी साथ दिए त्यसलाई भुल्ने छैन ।

‘जब १८ वर्षको खेलाडी ठूलो ड्रेसिङ रुपमा पुग्छ उसका लागि त्यहाँ सहज पक्कै हुँदैन,’ एमबाप्पेले भने, ‘यो साच्चै उत्कृष्ट टोली हो ।

६० प्रतिशत सफलता खेलाडीको खेलमा निर्भर हुन्छ ।

बाँकी ४० प्रतिशत टोलीमा कसरी समन्वय हुन्छ त्यसमा भर पर्दछ ।

उनले मलाई निकै सघाएका छन्, म त्यो कहिल्लै भुल्ने छैन ।’

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%8b%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%ae%e0%a4%b0%e0%a4%be%e0%a4%a0%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...