इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई हराउँदै लेष्टर शीर्ष स्थानमा
वि.सं.२०७७ माघ ७ बुधवार ०८:५१
1.7K
shares
एजेन्सीः लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।
लेष्टरलाई जित दिलाउन विलफ्रेड एनडीडी र जेम्स माडिसनले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए ।
जितसंगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ ।
वि.सं.२०७७ माघ ७ बुधवार ०८:५१




















