YouTube Link

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

Facebook Link

काठमाडौं: नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझदारीपत्र आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गरे ।

समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फुटबलको विकासमा योगदान पुर्यानउन थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी र गौरवान्वित भएको बताए ।

नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्र अनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्ष मुनीका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा व्यवस्थित तवरले विद्यार्थीको समग्र व्यक्तित्व विकासको आवश्यकता महसुस भई एन्फाको सहयोग एवं सहकार्यमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ को स्थापना गर्न लागिएको हो ।

एकेडेमी स्थापना पछि समग्र व्यवस्थापनको लागि गठन हुने संचालक समितिले खेलाडीको छनोट एकेडेमीको नीति निर्माण, व्यवस्थापन, सुपरिवेक्षण एवं नियन्त्रण सम्बन्धि प्रमुख जिम्मेवारी निर्वाह गर्नेछ ।

नेपाल पुलिस स्कुल साँगाका कमाण्डेन्ट प्रहरी नायव उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, चेयरम्यान लिग कमिटिका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षकहरु, एन्फाका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल साँगाका प्रिन्सिपल लगायतका पदाधिकारीहरु एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...