Texas College
YouTube Link

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै

Facebook Link

काठमाडौं: बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता हुने भएको छ ।

नेपाली स्नुकरमा खेलाडी सहभागिताको संख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ५० जिल्लाबाट २ सय ५६ खेलाडीको सहभागिता रहने जानकारी दिईएको छ ।

प्रतियोगितामा सर्वाधिक १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो हुने दुई खेलाडीले ३० हजार तथा क्वाटरफाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रिक्वाटरफाइनलिस्टलाई गिफ्ट ह्याम्पर स्वरुप किउ र किउ बक्स प्रदान गरिने छ ।

त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५ सय खर्च हुने संयोजक लामाले बताए ।

प्रतियोगितामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहने संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जानकारी दिए ।

प्रिक्वाटरफाइनल बेस्ट अफ नाइन, क्वाटरफाइनल बेस्ट अफ ११, सेमिफाइनल बेस्ट अफ १३ र फाइनल बेस्ट अफ १५ का आधारमा खेलाइने छ ।

त्यसअघिका खेलहरु बेस्ट अफ ५ का आधारमा हुने छ । प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने अध्यक्ष मुल्मीले बताए ।

फागुन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बौद्धस्थित अजिमा स्नुकर हाउसमा खेलाइने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...