YouTube Link

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता हुने भएको छ ।

नेपाली स्नुकरमा खेलाडी सहभागिताको संख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ५० जिल्लाबाट २ सय ५६ खेलाडीको सहभागिता रहने जानकारी दिईएको छ ।

प्रतियोगितामा सर्वाधिक १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो हुने दुई खेलाडीले ३० हजार तथा क्वाटरफाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रिक्वाटरफाइनलिस्टलाई गिफ्ट ह्याम्पर स्वरुप किउ र किउ बक्स प्रदान गरिने छ ।

त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५ सय खर्च हुने संयोजक लामाले बताए ।

प्रतियोगितामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहने संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जानकारी दिए ।

प्रिक्वाटरफाइनल बेस्ट अफ नाइन, क्वाटरफाइनल बेस्ट अफ ११, सेमिफाइनल बेस्ट अफ १३ र फाइनल बेस्ट अफ १५ का आधारमा खेलाइने छ ।

त्यसअघिका खेलहरु बेस्ट अफ ५ का आधारमा हुने छ । प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने अध्यक्ष मुल्मीले बताए ।

फागुन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बौद्धस्थित अजिमा स्नुकर हाउसमा खेलाइने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...