काभ्रेको बनेपा नगरपालिकामा ग्याँस उद्योगको ट्याङ्की विस्फोट हुँदा तीन जना घाइते
वि.सं.२०७७ पुस २४ शुक्रवार १६:०७
2K
shares
काभ्रे: काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-१३ भैसिपाटीस्थित गौरीशंकर ग्याँस उद्योग (हिमाल) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याङ्की लिकेज भएर बिस्फोट हुँदा ३ जना कामदार घाइते भएका छन् ।
घाइतेमध्ये गम्भिर बनेपा–१३ का ५५ बर्षिया लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ ।
बिस्फोटमा बनेपा–१३ भैसिपाटीका ७० बर्षिया साइला भुजेल र सोही ठेगानाका ४२ बर्षका कुमार भुजेल घाइते भएका छन् ।
उनीहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ । ग्याँस के कारणले बिस्फोट भएको त्यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ पुस २४ शुक्रवार १६:०७




















