अल विदा: मैदानमै बेहोस् भएका एलेक्स अपोलिनारियो निधन
वि.सं.२०७७ पुस २४ शुक्रवार ०९:२०
1.8K
shares
एजेनसी : खेलको दौरान मैदानमै बेहोस् भएका एक फुटबलरको निधन भएको छ ।
पुर्चुगलको तेस्रो डिभिजन लिग अन्तर्गतको खेलका दौरान बेहोस भएका एलेक्स अपोलिनारियोको निधन भएको हो ।
२४ वर्षीय एलेक्स मैदानमा लडेपछि तत्काल अस्पताल भर्ना गरिएको थियो ।
उपचारका लागि अस्पताल लगेको चार दिनपछि निधनको घोषणा भएको हो ।
ब्राजिलियन खेलाडी एलेक्स अट्याकिङ मिडफिल्डरको रुपमा चिनिदै आएका थिए ।
एलेक्स युनिया अल्मिरिमविरुद्धको खेलका क्रममा मैदानमै बेहोस भएका थिए ।
अस्पतालले एलेक्सलाई कार्डिक अरेस्ट भएको बताएको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस २४ शुक्रवार ०९:२०



















