YouTube Link

मेस्सीले सिजनको अन्त्यसम्म अन्य क्लबमा कुरा नगर्ने

Facebook Link

काठमाडौं : बार्सिलोनाका कप्तान लिओनल मेस्सीले जारी सिजनको अन्त्यसम्म अन्य कुनै पनि क्लबमा कुरा नगर्ने बताएका छन् । क्याटलान क्लबसँग मेसीको सम्झौता २०२०र२१ को सिजनको अन्त्यमा सकिँदैछ ।

 

मेस्सीले बार्सिलोना आफ्नो जीवन रहेको र उत्कृष्ट तरिकाले क्लब छाड् चाहेको समेत बताएका छन् ।बार्सिलोनामा सम्झौता सकिएपछि मेस्सी कता जान्छन् वा त्यहीँ बस्छन् भन्ने अहिले सर्वाधिक चासोको विषय बनेको छ ।

 

मेस्सीको स्तातरणतरणको कुनै सम्भावनाको बारेमा थाहा पाउनस कम्तीमा सिजनको अन्त्यसम्म कुर्नुपर्नेछ । यो वर्षको अन्त्यसम्म मसँग केही कुरा स्पष्ट छैन । म सिजनको अन्त्यको लागि कुर्नेछु,’ मेस्सीले ला सेक्टासँगको अन्तरवार्तामा भनेका छन् , ‘महत्वपूर्ण कुरा भनेको टिमको बारेमा सोच्नु, वर्ष समाप्त गर्नु, ट्रफी जितन प्रयास गर्नु हो र अन्य चीजहरूबाट अलमलिनु हुँदैन ।’

 

मेस्सीले पछि के हुन्छ थाहा नभएको बताए । ‘मलाई के हुँदैछ थाहा छैन, म हामीसँग के छ त्यसमा केन्द्रित गर्दैछु, र अबको ६ महिनामा के गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । म वर्ष कसरी अन्त्य हुन्छ भनेर सोच्दिन किनकी अहिले यो कुरा भन्नु मेरो लागि राम्रो हुने छैन किनकी मलाई थाहा छैन,’ मेसीले भने, ‘मलाई थाहा छैन यदी म छोड्ने छु कि छाड्दिन भने । यदि मैले छाडे भने म उत्तम तरिकाले छोड्न चाहान्छु ।’

 

मेसीले क्लब छाडेपछि आफू फेरि फर्कन चाहने बताए । ‘सँधै काल्पनिक कुरा गर्दा, म केही समयपछि क्लबमा फर्कन चाहन्छु । म बार्लोना शहरमा फर्किन चाहन्छु, क्लबमा काम गर्न, योगदान दिन चाहन्छु,’ मेसीले भने, ‘बार्सिलोना कुनै पनि खेलाडीभन्दा ठूलो छ, निश्चयन नै मभन्दा पनि माथि छ । र मलाई आशा छ कि जो अध्यक्ष आउँछ उसले महत्वपूर्ण उपाधि फेरि जित्न हामीलाई सहयोग गर्छन् ।’

 

मेस्सीले ला सेक्टासँगको अन्तर्वार्तामा क्लबको भविष्यदेखि महामारी प्रशिक्षक यस सिजन बार्सिलोनाको संघर्षलगायत बारेमा कुरा गरेका छन् ।मेस्सी बार्सिलोना आफ्नो जीवन रहेको समेत बताएका छन् । ‘बार्सिलोना मेरो जीवन हो ।

 

बार्सा र बार्सिलोनालाई म माया गर्छु । मैले सधैँ यस क्लबका लागि सबै दिन्छु,’ मेसीले भने, ‘मैले यो सर्टको लागि सबै कुरा महसुस गरेँ। बार्सिलोना मेरो जीवन हो। म क्लब र सहर दुवैमा हुर्केको थिएँ । मैले यहाँ सबै कुरा सिकेँ। क्लबले मलाई सबै कुरा दियो, मलाई एक फुटबलरको रूपमा र एक व्यक्तिगत रूपमा प्रशिक्षण दियो । बार्सा यो सहरसंग मेरो प्रेम सम्बन्ध छ ।’

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%9f%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a5%8d%e0%a4%9c%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...