सावधानी अपनाउनुपर्ने दिन छ । कष्ट दिने, धनको हानी वा धनको दुरुप योग, गराउने, आलस्य बढाउने, ईष्र्याको भावना आउने, प्रत्येक कार्यमा बाधा गराउनेहुन्छ, सन्तान अथवा स्त्रिप्रति क्रोध गर्न मन लाग्ने, पितृ विकार, नेत्र पिडा वा आफन्तद्वारा अनादर प्राप्त हुन सक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन अनुकुल छ , धन तथा स्थाइ बस्तुहरुको प्राप्ति, मानसम्मानमा बृद्धि, गरेका कार्यमा सफलता, मित्रहरु अथवा नजीककासँग समय बित्ने, प्रेममिलनलाइ दिन राम्रो रहने, वैवाहिक सुख राम्रो हुनुको साथै स्त्रिवर्गबाट सुख पाइने, उत्तम कार्यहरुको प्राप्तिको योग बनेको छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन प्रसन्न रहनेछ, कर्म गरे अनुसार फल पाइनेछ, चिताएको कुरा प्राप्त हुनसक्छ, अरुले आदर सम्मान वा कदर गर्ने, अरु प्रति उदार भइनेछ, कसैसँग आत्मिय भलाकुसारी हुने अथवा मित्रताको भावना पलाउनेछ, स्वास्थयको ख्याल राख्नुहोला र विश्वास गरेको मान्छेबाट चाँही सतर्क रहनुपर्नेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सचेत रहनुपर्ने समय छ, स्वास्थ्य समस्या तथा शारीरिक कष्ट पर्ने, विरक्त लाग्ने खालको वातावरण बन्न सक्छ, अनावश्यक धन हानी, शत्रुबाट अशान्ति हुने, आफूले मान्नुपर्ने मान्छेले तँपाइलाइ नबुझिदिन सक्छन्, सन्तानलाइ कष्ट, भाइ वा कम उमेरको मान्छेहरुसँग मतभेद हुनसक्छ, धातुहरुबाट चोट लाग्न सक्ने सम्भावना भएकोले सावधान रहनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल छैन, मन कमजोर हुनसक्ने, र निरर्थक भयले सताउने, शारिरिक कष्ट र मानिसिक चिन्ता बढनसक्छ, कलह वा वादविवादको सम्भावना पनि छ, धन खर्च, घाउ चोटपटक वा दुर्घटनाको योग रहेकोले सावधानी अपनाउनुहोला, खराब संगत वा खराब व्यक्तिहरुको कारणले समस्यामा पर्नस किनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन शुभर हनेछ । पूजापाठ, धर्मकर्म अथवा अध्यात्ममा रुचि हुने, धन लाभ वा महँगो वस्तु प्राप्तिको सम्भावना छ, शयन सुख, उत्तम भोजन, वस्त्र अथवा वाहन सुख मिल्ने, स्त्रिवर्गहरुसँग प्रेम हुने अथवा उनीहरुसँग समय बित्ने, अरुबाट आदर सत्कार र सम्मान पाइने, दाम्पत्य सम्बन्ध सुमधुर रहने, भाइ अथवा आफूभन्दा कमउमेरको मानिसबाट लाभ मिल्ने, व्यापार व्यवसायमा लाभको स्थिति बन्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुख प्राप्त हुने दिन छ । आँटेको काम पुग्ने, विविध समस्याहरुबाट, शत्रु बाधाबाट र रोगबाट मुक्ति मिल्ने, धन लाभ हुनसक्ने, प्रेमि अथवा आफूले मनपराएको मान्छेसँग भेटघाट वा कुराकारी हुनसक्छ, पारिवारिक तथा दाम्पत्य सुख उत्तम रहने, कार्यस्थलमा प्रशंसा प्राप्त हुने, व्यापार व्यवसायीहरुलाइ लाभ हुने दिन छ, विद्यार्थीहरुलाइ समय उत्तम रहनेछ । । लगानीको लागि दिन राम्रो छ ।
दिन प्रतिकुल हुनसक्छ, आर्थिक अभावले चिन्तित बनाउन सक्छ, मानसिक खिन्नताले दिन अमिलो हुनसक्छ, आम्दानी ठप्प हुने, शोक पर्न सक्ने, कार्यमा विध्न बाधाहरु आउने । शत्रुले दुख दिनसक्ने, सोचेको आँटेको काम पुरा नहुने, बिनाकारण अलमलिने खालको समय छ स्वास्थ्य सम्बन्धि समस्यालाइ बेवास्ता नगर्नुहोला, पारिवारिक असमझदारी बढने अथवा सामाजिक छवि बिग्रन सक्ने भएकोले सावधान रहनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन अनुकुल बनाउन प्रयास गर्नुहोला, समस्या तँपाइ आफैंमा हुनसक्छ, सबैलाई अविश्वास गर्न मन लाग्ने, बन्धुबान्धवहरुलाई पीडा, कुटुम्बलाइ हानी हुने अथवा उनीहरुसँग असमझदारी बढनसक्छ, मानसिक तनाव बढन सक्ने, धनको हानी, कार्यमा असफलता, स्वास्थ्यमा तथा रोजगारमा समस्या देखा पर्न सक्छ, व्यवसायमा बिध्न बाधाको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अशुभ छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन सुखमय रहनेछ । धन, द्रव्य तथा वस्त्र लाभ, आँटेको काममा विजय प्राप्ति, गरेका कार्यले सुख र आनन्द दिने, मिठो खानपान, भोगविलास तथा स्त्रिसुख मिल्ने योग छ, मान सम्मानमा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, मित्रहरुबाट पाइने सुख र सहयोगले मन प्रसन्न हुने, दाम्पत्य जीवनमा सुख, व्यापार व्यवसायको लागि दिन शुभ रहनेछ, विद्यार्थीहरुको लागि समय उत्तम छ ।
ज्यादा परिश्रम गर्नुपर्ने खालको दिन हुनसक्छ, व्यर्थको विवाद तथा धन हानीले मानसिक असन्तोष बढने, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । पारिवारिक द्वन्द्व वा कष्ट हुने योग छ, व्यर्थको विवादमा आज फस्न सकिने सम्भावना रहेकोले सचेत रहनुहोला । पूजापाठ तथा मांगलिक कार्यमा हानी, अनेक विध्न बाधाहरुले सताउनसक्छ, तर शुक्ल पक्षको शुभ चन्द्रमाको दशा चलेको अवस्थामा भने मानसम्मान मिल्नुको साथै दिन सुखमय बित्नेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सकारात्मक विचार र उत्साहमूलक हुनेछ । धन लाभ तथा कार्य सफलता, मिठो निद्रा वा शयन सुख, आफूले पाउनुपर्ने पद, अधिकार वा स्थानको प्राप्ति, लुगा कपडा सुगन्धित पदार्थ वा अन्य भौतिक सामानहरु लिने वा पाइने योग छ, सन्तान, पत्नि अथवा मित्रहरुसँग सौहार्द वार्तालाप हुने अथवा रमाइलो जमघट हुने योग छ, व्यवसायमा फाइदा हुने तथा विद्यार्थीवर्गलाई समय राम्रो छ ।