नेकपामा मेरो हस्ताक्षर बिनाको कुनै निर्णय वैध हुँदैनः ओली
वि.सं.२०७७ पुस ६ सोमवार १३:३२
1.6K
shares
काठमाडौं: नेकपामा आफूले हस्ताक्षर नगरेको कुनैपनि निर्णय वैधानिकता नपाउने नेकपा केपी शर्मा ओलीले बताएका छन् ।
आफू निकट सांसदहरुको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने बताए ।
उनले आफ्नो हस्ताक्षर नभएको कुनै निर्णयले बैधता नपाउने भन्दै प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने बताएका छन् ।
वि.सं.२०७७ पुस ६ सोमवार १३:३२




















