Texas College
YouTube Link

माछापुच्छ्रे बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

Facebook Link

काठमाडौं:  माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा बिहिबार पोखरामा होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले माछापुच्छ्रे बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस गरि १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट बैंकले सर्वसाधारण शेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले आजैबाट आफ्ना शेयरधनिहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।

बैंकले आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी  जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9c-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...