YouTube Link

मेगा बैंकको १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव

Facebook Link

काठमाडौं:  मेगा बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत वर्ष २०७६/७७ को लागि १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यो लाभांश बैंकको गत आर्थिक वर्षको अन्त्यसम्म कायम सञ्चित मुनाफा र अन्य मेगा कोषहरुबाट हाल कायम चुक्तापूँजीको आधारमा वितरण हुने बैंकले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश गत तीन वर्ष यताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ११.७५ प्रतिशत लाभांश(नगद मात्रै), आर्थिक वर्ष २०७४/७५को नाफाबाट १ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद गरी ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले १०.७५३९ प्रतिशत बोनस सेयर मात्रै पाएका थिए । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट भने बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी १३.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्तापूँजी  १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-3/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...