यो महिना मेष राशीवालाहरुको लागि धेरै आशा गर्ने ठाउँ छैन, गरेका कुराहरुमा कठिन परिश्रमपछि मात्र सफलता प्राप्त हुनेछ, अकारण धन तथा पुन्यको हानी, भयले सताउने, अरुबाट अपमान हुने वा तँपाइको कदर अरुले नगर्ने, स्त्रि पुत्रहरुसँग वियोग हुने वा विवाद हुने, आयमा कमी वा धनको प्रयोगमा विध्न बाधा आउने, आफन्त वा मित्रबन्धुहरुसँग द्वेशको स्थिती बन्ने छ, रोग तथा मानसिक अशान्तिले सताउने सम्भावना देखिएको छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो महिना ज्यादै कष्टकारी हुने सम्भावना छ, आफनै मान्छेहरुले पनि राम्रोसंग बोल्ने छैनन, विगतमा गरेका गलत कार्यहरुको फल प्राप्त हुने, महिनाभरी डर लागिरहने, स्वास्थ्यमा समस्या आउने, झगडा र विवादहरु हुने, कानूनी झमेला दन्ड जरिवाना आदि भोग्नुपर्ने, स्त्रि, पुत्र तथा भाइहरुबाट कष्ट पाइने, षडयन्त्रको शिकार, उपद्रवकारी घटना तथा मृत्यु तुल्य कष्ट भोग्ने सम्भावना भएकोले एक पटक चिना देखाउनुहोला, आइतबार नून बार्नु भएमा लाभ मिल्नेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
तँपाइको पुस महिना स्वास्थ्य र धपेडीको हिसाबले कष्टकर हुन सक्नेछ, विषम मार्गमा हिँडनुपर्ने बाध्यता आउने छ, अपमानित हुनुपर्ने, रक्त विकार जनित समस्या आउने, पेट अथवा गुप्तस्थानहरुमा रोगले सताउने, अत्यधिक कष्टपूर्ण भ्रमण हुने, घरमा स्त्रिवर्ग विशेष गरि पत्निलाई कष्ट हुने सम्भावना छ, सूर्यको उपासना गर्नुहोला, आदित्य हृदय स्तोत्रम्को पाठ वा श्रवण गर्नुभएमा लाभ मिल्नेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशीवालाहरुलाइ यो महिना सुखद रहनेछ, अन्न तथा बस्त्र लाभ, धन तथा मान सम्मानको प्राप्ति, रोग व्याधिबाट मुक्त भइ स्वास्थ्य लाभ हुने, शोक, चिन्ता तथा दुखहरुबाट छुटकारा पाइने, शत्रुहरु पराजित हुनेछन, यो महिना तँपाइले गरेका चिताएका सबैकार्यहरु पनि पुरा हुने योग बनेको छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिँह राशीवालाहरुलाइ यो महिना राम्रो छैन, मनमा क्षोभ, व्याकुल र चिन्ता भइरहने, सजिलै हुने कामहरु पनि ढिलो हुने वा सोचे अनुरुपन हुने, स्वास्थ्यस्थिती बिग्रन सक्ने, धनको हानी, शत्रु जनित पिडा हुने, भाइ तथा कुटुम्बहरुसँग विवाद वा मतभेद हुने, पुत्र वा सन्तानलाई कष्ट हुने, मित्रहरुबाट पनि असुविधा हुने योग बनेको छ, महिनाभरि प्रत्येक दिन सूर्यलाइ अबीर र रातोफूल राखेर जल चढाउनु भएमा फाइदा पुग्नेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुस महिना कन्या राशीवालाहरुले स्वास्थ्यको ख्याल गर्नुपर्नेछ, विशेषगरि ज्वरो शिरपिडाबाट बच्नुहोला, स्त्रि सुखमा बाधा आउनुको साथै चोटपटक वा दुर्घटनाको योग बनेकोले सावधान रहनुपर्नेछ, यो महिना घरझगडा हुनुको साथै मानसिक तथा शारिरिक व्यथाले सताउने भएकोले पारिवारिक सुखमा कमी आउने छ, यात्रामा असुविधा देखिएकोले यो महिना लामो दुरीको यात्रालाइ सकेसम्म टाल्नुभएमा राम्रो हुनेछ, सूर्यको उपासना गर्दै मातापिताको सेवा गर्नु भएमा पनि सूर्यको कुप्रभाव कम पर्नेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो महिना तुला राशीवालाहरुलाई सुखद र राम्रो रहनेछ, धन तथा सुखको मामिलामा भाग्यले साथ दिनेछ, शत्रुहरु पराजित हुने छन, स्वास्थयस्थिति उत्तम रहनेछ, अधिकार तथा पद प्राप्तिको महिना भएकोले प्रयास गर्नुहोला सफलता निश्चित छ, पिता हुनुहुन्छ भने पितासँग राम्रो सम्बन्ध हुने वा पिताबाट लाभ प्राप्त हुने, चिताएको काम पुरा हुने, मित्र तथा सन्तानबाट सुख पाउनुको साथै नयाँ स्थानमा सर्ने वा भ्रमण हुने योग देखिएको छ, समग्रमा महिना आनन्ददायक रहनेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो महिना त्यति अनुकुल छैन, धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, हरेक कार्यमा बाधा व्यवधान आउने, गलत व्यक्तिहरुसँग संगत बढने, क्रोध बढने वा रिस उठिरहने, जिद्दी वा नीच स्वभाव हुने, टाउको अथवा आँखामा समस्या आउने योग देखिएको छ, यो महिना कसैले धोखा पनि दिने सम्भावना भएकोले एकचोटि चिना देखाउनुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
महिना समस्याग्रस्त रहने छ, धन हानी, शारिरिक पीडा, थकान र धपेडी हुने, चिडचिडापन बढने, रोग व्याधिले आक्रान्त पार्ने, खानपानमा गडबडी हुने, पेट सम्बन्धि समस्या देखिने, ईच्छा विरुद्ध कष्टदायक भ्रमण हुने वा बसेको ठाउँभन्दा टाढाको कष्टपूर्ण बसाइ हुने, व्यर्थको चिन्ता बोक्नुपर्ने, कुटुम्ब, मित्र तथा सज्जनहरुसँग झगडा विवाद आदि हुने महिना रहेकोले चिना हेराउनुहोला ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अशुभ सूर्यको दशा चलिरहेको छ भने तँपाइको पुस महिना प्रतिकुल रहनेछ, दुख दिने खालका घटनाहरु घटने छन्, धनको नोक्सान, कार्य वा पदको हानी, मित्रहरुसँग विवाद, ज्वरोले सताउने, आफू जन्मेको वा लामो समयदेखि बसिरहेको ठाउँ छोडनुपर्ने अवस्था पनि आउन सक्नेछ, कुटुम्बसँग वियोग हुने, अत्यधिक खर्च हुने र विविध कठिनाइहरु आउने सम्भावना छ, तर चोखो मनले र इमान्दारीपुर्वक गरिएका कार्यहरु भने सहज ढंगले फलिभूत हुनेछन ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
महिना एकदम लाभदायी रहने छ, मन प्रसन्न हुने, धन प्राप्ति, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोग नाश, मानसम्मान यश प्राप्ति, यज्ञ अनुष्ठान लगायत अन्य मांगलिक कार्यहरुमा सहभागी भइने, मिष्ठान्न भोजन प्राप्ति वा रमाइलो भोजभतेरमा सरीक हुने, घरमा कुनै आनन्द उत्सवको सुख भोग गर्ने, आफूभन्दा माथिकाबाट अनुकम्पा प्राप्त हुने सम्भावना छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशी हुनेहरुलाई यो महिना शुभ फलदायक छ, धन, वाहन, वस्त्र लाभ, रोग व्याधिबाट मुक्ति भइ आरोग्यता प्राप्ति, ठूला कार्यहरु सफलताका साथ सम्पन्न हुने छन, नयाँ जिम्मेवारी वा अधिकार प्राप्त हुने बलियो सम्भावना छ, मान सम्मान पाइने, नोकरी परिवर्तन वा पदोन्नतिको योग आएको छ, कुटुम्ब मित्रहरुको सहयोग पाइने, ठूलाबडाहरुसँग अर्थपूर्ण भेटघाट हुने योग आएको छ ।