YouTube Link

रात्रिकालीन व्यवसाय नौ महिनापछि सञ्चालन अनुमति

Facebook Link

काठमाडौं:  कोरोना भाइरस महामारीका कारण नौ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । बन्द रहेका रात्रिकालीन व्यवसायमा कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मापदण्डअनुसार रात्रि व्यवसाय सञ्चालनका लागि जिल्लाभित्र कोरोना महामारीको अवस्था र जोखिमलाई ध्यानमा राखेर कार्यान्वयन गर्न गराउन भन्दै गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

 

होटल, रेस्टुराँ, डान्स, दोहोरी, क्लब, लाउन्जबार, डिस्कोथेक, बर्गरसपलगायत व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लंघन गरेको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउनुका साथै संक्रामक रोग ऐन २०२० अनुसार सञ्चालकलाई कैद र सजायसमेत गर्न सक्ने छ ।

 

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड–२०७७’ तय गरेको छ । मापदण्डको १२ नम्बर बुँदामा सर्त उल्लंघन गरे प्रचलित कानुनअनुसार क्षतिपूर्ति भराउने गरी आदेश दिन सक्नेसमेत उल्लेख छ ।

 

मन्त्रालयले तय गरेको मापदण्डअनुसार रात्रिकालीन पर्यटन व्यवसाय जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले समय स्थान तोकेर वा अन्य कुनै व्यवस्था मिलाएर सञ्चालन गर्न अनुमति दिन सक्ने र मापदण्डको पालना भए नभएको सम्बन्धमा सम्बन्धित स्थानीय प्रशासनले अनुगमन गर्ने परिपत्रमा भनिएको छ ।

 

मापदण्डमा ग्राहक तथा सेवाग्राही बसेको स्थान ४/४ घण्टामा सरसफाइ डिसइन्फेक्ट गर्नुपर्ने भनिएको छ । बाहिरबाट आउने ग्राहक तथा कर्मचारीको अनिवार्य ज्वरोमापन गर्नुपर्ने, रुघाखोकी ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए प्रवेश निषेध गर्नुपर्नेछ ।

 

देशभर लकडाउन घोषणापछि रात्रि व्यवसायसँग आबद्ध ५० हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाउनुका साथै व्यवसायीले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नुपरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2-6/

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...