YouTube Link

मिक्लाजुङमा विप्लव कार्यकर्ता खोज्दै जंगल पसे प्रहरी

Facebook Link

मोरङ : मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न प्रतिवन्धित नेकपा कार्यकर्ता खोज्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जंगल पसेको छ ।

स्थानीय प्रशासनले प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘सर्च अपरेसन’ चलाएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन गरिरहेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ मा रहेको बर्खे जंगलमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च अपरेसन’ जारी राखिएको प्रहरीले जनाएको छ । विप्लव समूहले स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको सोही जंगलमा हत्या गरेपछि उनीहरुको खोजी गर्न ‘सर्च अपरेसन’ गरेको हो ।

श्रेष्ठलाई सुराकीको आरोप लगाउँदै विप्लव समूहले अपरहण पछि मंगलबार बिभत्स हत्या गरेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ । श्रेष्ठको आज अन्त्योष्टी गर्ने तयारी रहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मंगलबारबाटै ‘सर्च अपरेसन’ मा खटेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए । उनले भने, ‘बर्खे जंगल भौगोलिक हिसाबले निकै विकट छ । हाम्रो ‘सर्च अपरेसन’ जारी छ । अहिलेसम्म कोही पक्राउ पर्न सकेको छैन ।’ मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सीमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो ।

शिक्षक श्रेष्ठकै हत्या भएको क्षेत्रबाट केही अघि प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो । सो क्षेत्र विप्लव समूहको गतिविधी बढी हुने क्षेत्र मानिन्छ ।

विकट क्षेत्र भएकाले उनीहरुले सो क्षेत्रमा आफ्ना विभिन्न गतिविधि अगाडि बढाएका छन् । शिक्षक श्रेष्ठको हत्यापछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । तीन वटा सुरक्षा निकायको प्रमुख सहभागी बैठकले विप्लव समूह व्यक्ति हत्यातर्फ केन्द्रित भएको निष्कर्ष निकाल्दै समूहप्रति थप निर्मम बन्ने निर्णय गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...