सुनको मूल्यमा गिरावट
वि.सं.२०७७ मंसिर २१ आइतवार १३:२०
1.9K
sharesकाठमाडौंः सुनको भाउमा सामान्य गिरावट आएको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।
शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।
वि.सं.२०७७ मंसिर २१ आइतवार १३:२०




















