एक लाख भन्दा पनि बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप
वि.सं.२०७७ मंसिर १८ बिहीवार २२:३३
1.7K
shares
काठमाडौ: रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड- १९ विरुद्धको खोप लगाएका छन्। रुसले गत अगस्ट महिनामा तयार परेको कोरोना विरुद्धको खोप स्पुतनिक-भी रुसी नागरिकले लगाएका हुन्।
सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो। रुस कोभिड- १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका हुन्। साथै उनले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएका छन् ।
गएको महिनामात्र सो खोपको प्रभावकारिताका बारेमा अनुसन्धान गरिएको थियो। सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो।
वि.सं.२०७७ मंसिर १८ बिहीवार २२:३३



















