रुसले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्ने
वि.सं.२०७७ मंसिर १७ बुधवार २३:०४
1.5K
shares
एजेन्सी: रुसका राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएकाग् छन् । रुसी सञ्चारमाध्यमरुले रसिया टुडे र स्पुटनिकले राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि एकै पटक ठूलो संख्यामा खोप अभियान (मास भ्याक्सिनेसन) सुरु गर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।
बुधबार मात्रै बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियो ।
रसिया टुडेका अनुसार पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप दिइनेछ ।
रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि आफूहरु तयारी अवस्था रहेको बताइएको छ । र यो आम सर्वसाधारणका लागि निशुल्क उपलव्ध हुने समेत जनाइएको छ ।
वि.सं.२०७७ मंसिर १७ बुधवार २३:०४




















