YouTube Link

प्रधान समुहलाई २५ जिल्ला अध्यक्षहरुले मतदान गर्ने प्रतिवद्धता

World Cup 2026
Facebook Link

काठमाडौं:  नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघले बुधवार आयोजना गरेको लुम्विनी र कणार्ली प्रदेशका जिल्ला अध्यक्षहरुको भेलामा महासंघको सुदृढिकरण र सुद्धिकरणकालागि प्रधान समुहको पक्षमा मतदान गर्ने जिल्ला अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका हुन ।

आयोजक नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिर मन्सुरीले भेलामा २ वटा प्रदेशका २५ जिल्ला अध्यक्षहरुले सामुहिकरुपमा सेखर गोल्छा नेतृत्वको किशोर प्रधानको टिमलाई मत दिएर निर्वाचित गराउने निणर्य गरेको जानकारी दिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष पशुपति मुरारका र पुर्व अध्यक्ष कुसकुमार जोशीले महासंघलाई सवल नेतृत्व प्रदान गर्न बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको बिकल्प नरहेको बताए । मङ्सीर १३ गतेबाट स्वतह अध्यक्ष बन्ने सेखर गोल्छाले आफनो कार्यकाल सफल बनाउन किशोर प्रधान समुह रोजेकाले अध्याधिक मत दिएर संस्थापन पक्षलाई बिजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह गरे ।

लुम्विनी र कणार्लीका जिल्ला अध्यक्षहरुको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष सेखर गोल्छाले भिडियो सन्देश मार्फत किशोर प्रधान र उहाँको समुहलाई बिजयी गराउन अपिल गरेका थिए ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधानले कर्णाली र लुम्विनी प्रदेशबाट आफनो समुहलाई ८० प्रतिशत मत प्राप्त हुने दावी गरेका छन् । गलत प्रचार र दावीको पछाडी नलाग्न आग्रह गदैं यसपालीको निर्वाचनमा आफनो जित सुनिश्चीत भएको प्रधानले बताए ।

उक्त भेलामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नामग्याल लामा, डोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष लालीमान बुढा, जाजरकोटा उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्री, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णाकुमार रेग्मीलगायतका २५ जिल्ला अध्यक्षहरु सहभागी थिए ।

भेलालाई बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधान, जिल्लानगरका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र जिल्ला नगरबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गी लगायतले सम्वोधन गरेका थिए ।

यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19298/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...