YouTube Link

प्रधान समुहलाई २५ जिल्ला अध्यक्षहरुले मतदान गर्ने प्रतिवद्धता

Facebook Link

काठमाडौं:  नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघले बुधवार आयोजना गरेको लुम्विनी र कणार्ली प्रदेशका जिल्ला अध्यक्षहरुको भेलामा महासंघको सुदृढिकरण र सुद्धिकरणकालागि प्रधान समुहको पक्षमा मतदान गर्ने जिल्ला अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका हुन ।

आयोजक नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिर मन्सुरीले भेलामा २ वटा प्रदेशका २५ जिल्ला अध्यक्षहरुले सामुहिकरुपमा सेखर गोल्छा नेतृत्वको किशोर प्रधानको टिमलाई मत दिएर निर्वाचित गराउने निणर्य गरेको जानकारी दिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष पशुपति मुरारका र पुर्व अध्यक्ष कुसकुमार जोशीले महासंघलाई सवल नेतृत्व प्रदान गर्न बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको बिकल्प नरहेको बताए । मङ्सीर १३ गतेबाट स्वतह अध्यक्ष बन्ने सेखर गोल्छाले आफनो कार्यकाल सफल बनाउन किशोर प्रधान समुह रोजेकाले अध्याधिक मत दिएर संस्थापन पक्षलाई बिजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह गरे ।

लुम्विनी र कणार्लीका जिल्ला अध्यक्षहरुको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष सेखर गोल्छाले भिडियो सन्देश मार्फत किशोर प्रधान र उहाँको समुहलाई बिजयी गराउन अपिल गरेका थिए ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधानले कर्णाली र लुम्विनी प्रदेशबाट आफनो समुहलाई ८० प्रतिशत मत प्राप्त हुने दावी गरेका छन् । गलत प्रचार र दावीको पछाडी नलाग्न आग्रह गदैं यसपालीको निर्वाचनमा आफनो जित सुनिश्चीत भएको प्रधानले बताए ।

उक्त भेलामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नामग्याल लामा, डोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष लालीमान बुढा, जाजरकोटा उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्री, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णाकुमार रेग्मीलगायतका २५ जिल्ला अध्यक्षहरु सहभागी थिए ।

भेलालाई बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधान, जिल्लानगरका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र जिल्ला नगरबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गी लगायतले सम्वोधन गरेका थिए ।

यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19298/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...