सनराइज बैंकको बाग्लुङमा १३९औं शाखा विस्तार
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १७:०५
1.6K
shares
काठमाडौं: सनराइज बैंकले गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका वडा नं २ मा आफ्नो १३९औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका-७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ् सेवाको सुरुवात गरेको छ ।
सनराइज बैंकको शाखारहित बैंकिङ् सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
नयाँ शाखा र शाखारहित बैंकिङ् सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ् सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यो पनि पढ्नुहोला: https://www.akhabarnepal.com/2020/11/19094/
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १७:०५




















