Texas College
YouTube Link

नयाँ वर्षको पहिलो कारोबारमा शेयरबजार परिसूचक नेप्सेमा सकारात्मक

Facebook Link

काठमाडौं: नयाँ वर्षको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ४ दशमलब ७ अंकले सकारात्मक देखिएको छ । जलविद्युत, वित्त, जीवन बीमा र जलविद्युत समूहका परिसूचक नकारात्मक रहेपनि बाँकी सबै समूहका परिसूचकमा आएको सुधारले समग्र नेप्से परिसूचक ४ दशमलब ७ अंकले बढेर १ हजार १ सय ८८ दशमलब ७१ अंकमा पुगेको हो ।

वैशाखपछि बजार बढ्ने अपेक्षा गरिएपनि पहिलो कारोबारको सुरु भएको लामो समयसम्म परिसूचक रातो भएर अन्तिम ४० मिनेटमा सकारात्मक बनेको थियो । गत वर्षभरमा शेयरबजार परिसूचक २ सय ५१ अंकले घटेको थियो । १ सय ६५ कम्पनीका ९ लाख ६४ हजार ५ सय ९८ कित्ता शेयर ५ हजार ४ सय ५ वटा कारोबारबाट ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैंयाँमा किनबेच भएको छ ।

नयाँ वर्षको पहिलो दिन दोस्रो बजारमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर प्यान राखेर ४१ जना लगानीकर्ताले ५६ वटा शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । पाँच लाख रुपैंयाँभन्दा माथिको कारोबार प्यानमार्फत् गरेका लगानीकर्ताले साँढे तीन करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । अहिलेसम्म १४ हजार ५३ जना लगानीकर्ता दोश्रो बजारमा कारोबारका लागि प्यानमा दर्ता भएको स्टक एक्स्चेन्जले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...