हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १३:५२
1.4K
shares
काठमाडौं: हुण्डी कारोबारमा संलग्न तीन जना काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौँको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित सोमबार बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको हो । उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।
उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ । उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १३:५२



















