विश्व बैंकले नेपाललाई नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १५:४१
1.7K
shares
काठमाडौं: विश्व बैंकले ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।
कोरोना महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा कृषि क्षेत्रमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको वासिङटन डीसीस्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक-निजी साझेदारीको भावना प्रवर्द्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ ।
चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोरोना महामारीपछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १५:४१



















